• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

रु ३० करोडभन्दा बढी खसीको व्यापार चितवनमा

चितवन ।  बडादसैँ  पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।

दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रूपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

 

 

 

जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उनले जानकारी दिए । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।

 

गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उनले बताए । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।

 

  चितवनमा सञ्चालनमा आएका सहकारीहरूले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताए । उनका अनुसार यसपटक चितवनका खसीहरू काठमाडौं पठाइएको छ । चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरूबाट खसी आउने गरेको उनले जानकारी दिए । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास  समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं : बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना

आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

काठमाडौँ :   , कार्तिक 3 १ २०८३ श निवार  नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा