• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

आजको राशिफल २०८३ कार्तिक ३ गते (२० अक्टोबर २०२६) मंगलवार। आश्विन शुक्लपक्ष नवमी तिथि,

मेषAries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

​कार्यक्षेत्रमा सफललता मिल्नेछ। स्वास्थ्यका लागि नियमित व्यायामलाई दैनिकी बनाउनुहोस्। साथीभाइको सल्लाहले आर्थिक योजनालाई गति दिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

वृषTaurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

​बचत गर्ने बानीको विकास गर्नु आवश्यक छ। पारिवारिक दायित्व पूरा गर्दा आत्मसन्तुष्टि मिल्नेछ। व्यवसायमा नयाँ रणनीतिले राम्रो मुनाफा दिलाउनेछ। सिर्जनात्मक कार्यमा रुचि बढ्ने र प्रशंसा पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ

मिथुनGemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

​अधुरा कामहरू पूरा गर्न आजको दिन अनुकूल छ। प्राविधिक क्षेत्रमा नयाँ सिकाइका अवसर प्राप्त हुनेछन्। मानसिक शान्तिका लागि केही समय अध्ययनमा बिताउनुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कटCancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

​घरको सरसफाइमा आजको समय खर्च हुन सक्छ। बोलीको मिठासले आफन्तसँगको सम्बन्ध प्रगाढ बनाउनेछ। खानपानमा ध्यान दिएर पेटको समस्याबाट बच्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंहLeo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

​आत्मविश्वास बढ्नाले ठूला निर्णय लिन सहज बन्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर जुट्न सक्छ। सन्तानको प्रगतिको खबरले घरमा खुसियाली छाउनेछ। आफ्ना गोप्य योजना बाहिर नल्याउनु नै बुद्धिमानी हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्याVirgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

परिवारसँग रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। पुराना आर्थिक समस्याबाट मुक्ति पाउने योग छ। कार्यालयमा उच्च अधिकारीको सहयोगले काम छिटो सकिनेछ। स्वास्थ्य सामान्य रहे पनि खानपानमा सावधानी अपनाउनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

तुलाLibra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

​बौद्धिक क्षमताले कठिन समस्या सजिलै हल हुनेछन्। दाम्पत्य जीवनमा एकअर्काको भावना बुझ्न आवश्यक छ। नयाँ लगानीभन्दा भइरहेकै कामलाई निखार्नुहोला। साथीभाइको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकScorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

​सम्पत्तिसम्बन्धी विवाद आज समाधानतर्फ जानेछ। विद्यार्थीहरूले एकाग्रताका साथ मेहनत गर्नुपर्ने समय छ। आफन्तको सल्लाह बेवास्ता नगरी अघि बढ्नुहोला। स्फूर्तिको लागि ध्यान वा योगलाई अपनाउनुहोस्। आजको शुभ रंग सिन्दूरे हो भने शुभ अंक ९ रहेको छ।

धनुSagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

​छोटो व्यावसायिक यात्राबाट राम्रो लाभ मिल्नेछ। नयाँ मित्रहरूसँगको भेटले नयाँ सम्भावना खोल्नेछ। आफ्ना कमजोरी सुधार गर्दै अघि बढ्ने अवसर छ। साँझ परिवारसँग रमाइलो वातावरण बन्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मकरCapricorn

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

​खानपान र निद्रा व्यवस्थित नभए स्वास्थ्य बिग्रन सक्छ। कामप्रतिको लगनशीलताले सहकर्मीबाट प्रशंसा मिल्नेछ। पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुने सम्भावना छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भAquarius

गु, गे, गो, सा, सि, सु, से, सो, दा

​रचनात्मक सोचका कारण तपाईंको तारिफ हुनेछ। रोकिएका कार्यले तीव्रता पाउँदा उत्साह छाउनेछ। जीवनसाथीको सहयोगले ठूलो संकट टर्न सक्छ। अनावश्यक खर्चमा कटौती गरी बचत बढाउनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।

मीनPisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

​वैदेशिक क्षेत्रका काममा प्रगति हुने शुभ संकेत छ। धार्मिक कार्यमा मन जाँदा मानसिक शान्ति मिल्नेछ। विरोधीहरूले बाधा पुर्याउने प्रयास गरे पनि सफल हुनेछैनन्। भावना नियन्त्रणमा राखेर व्यावहारिक निर्णय लिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

 

प्रतिकृया दिनुहोस

आजको राशिफल २०८३ कार्तिक २ गते (१९ अक्टाेबर २०२६) साेमवार, आश्विन शुक्लपक्ष अष्टमी तिथि,

मेषAries चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यक्तिगत कुराहरू विश्वासयोग्य व्यक्तिसँग मात्र साझा गर्नु बुद्धिमानी हुनेछ। करियर निर्माणलाई ध्यानमा राखेर नयाँ

आजको राशिफल २०८३ कार्तिक १ गते (१८ अक्टाेबर २०२६) आइतवार, आश्विन शुक्लपक्ष अष्टमी तिथि।

मेषAries चु, चे, चो, ला, लि, लु, ले, लो, अ ​नयाँ योजनामा काम सुरु गर्दा सफलता हात लाग्नेछ। सेयर कारोबारमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। परिवारका

आजको राशिफल - २०८३ असोज ३१ गते (१७ अक्टोबर २०२६) शनिवार, आश्विन शुक्लपक्ष सप्तमी तिथि

मेषAries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो अडानमा स्पष्ट रहँदा अरूले तपाईंको कुरा बुझ्नेछन्। कसैलाई पैसा सापटी दिनुअघि फिर्ता पाउने समयबारे कुरा