• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

सबै जनप्रतिनिधिलाई स्वत: महाधिवेशन प्रतिनिधि बनाउने देउवा कांग्रेसको निर्णय

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो ।

 

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई दुई दिन अघि पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका छन् ।

 

‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका-नगर-उपमाहानगर-महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

चितवनबाट ११ जना केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाली कांग्रेस १५ औ महाधिवेशनमा चितवनबाट ११ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन। महाधिवेशनमा चितवनबाट २ सह-महामन्त्री र १८

कांग्रेस सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।  अन्तिम मतपरिणाम

सिल नगरेको मतपेटिका भेटिएपछि मतगणना प्रभावित

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना  प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना