दुग्ध किसानले दूधको खरिद मूल्य बढाउन माग गर्दै
चितवनका दुग्ध किसानले दूधको खरिद मूल्य बढाउन माग गर्दै काठमाडौं पुगेर सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीसहितको टोलीले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा दूध उत्पादनको लागत निरन्तर बढिरहेको भन्दै किसानको हितमा सरकारले दूधको खरिद मूल्य तत्काल पुनरावलोकन गर्न माग गरिएको छ।














प्रतिकृया दिनुहोस