• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

’, दसैँको मुखमा महँगी र अभावसँग जुध्दैछन् उपभोक्ता

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरू भइसकेको छ । तर यस वर्ष काठमाडौँ उपत्यका र आसपासका बासिन्दाको मनमा भने विगतका वर्षहरूमा जस्तो दसैँको उल्लास र उमंग छैन । 

दसैंको मुखैमा देशका मुख्य राजमार्गहरू अवरुद्ध छन् । यस वर्ष उपत्यकाको बजार प्रभावित भएको छ । एकातिर सडक सञ्जाल बिग्रिँदा ढुवानीमा कठिनाइ भएको छ भने अर्कोतिर बजारमा उपभोग्य वस्तुको अभाव देखाउँदै महँगीले आकाश छोएको छ । यसले गर्दा आम उपभोक्ताको दसैँ यसपटक महँगीको चपेटामा नराम्ररी पिल्सिने देखिएको छ । 

दसैँ भन्नेबित्तिकै मिठोमसिनो खाने, विशेषगरी मासुका परिकारहरूमा रमाउने चाडका रूपमा लिइन्छ  

बाटोको दुरावस्थाले गर्दा किसानको गोठदेखि काठमाडौंको बजारसम्म आइपुग्ने खसीबोकाको ढुवानी शृङ्खला लगभग टुटेको छ । व्यवसायीहरूका अनुसार ढुवानीमा भएको चरम कठिनाइ र बढ्दो लागतका कारण यस वर्ष मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता छ । तथ्यांकलाई हेर्ने हो भने गत वर्षको दसैँमा काठमाडौं उपत्यकामा करिब ४५ देखि ५० हजारको संख्यामा खसीबोका खपत भएको थियो । तर यस वर्ष बाटोघाटोको समस्या र महँगीका कारण यो संख्या घटेर ३८ देखि ४० हजारमा सीमित हुने अनुमान व्यवसायीहरूले गरेका छन् । मुस्ताङबाट च्याङ्ग्रा आउने सम्भावना त अझ कठिन छ । जसले गर्दा च्याङ्ग्राको मासु आम उपभोक्ताको पहुँचभन्दा बाहिर जाने सम्भावना बढेको छ ।

दसैँमा मासु मात्र होइन, अन्य अत्यावश्यक सामग्रीको पनि उत्तिकै खपत हुन्छ । तर उपत्यका भित्रिने सडक सञ्जाल वर्षाका कारण बिग्रँदा सहज रूपमा आउनुपर्ने तरकारी र फलफूलको आपूर्ति ठप्पप्रायः छ । धादिङ, नुवाकोट, मकवानपुर, काभ्रे लगायतका छिमेकी जिल्लाहरूबाट दैनिक रूपमा भित्रिने ताजा तरकारी बाटोमै कुहिने अवस्थामा छन् । कतिपय गाउँमै रोकिएका छन् ।

यसको प्रत्यक्ष असर उपत्यकाको बजार मूल्यमा परेको छ । खाद्यान्न र तरकारीको मूल्य अचाक्ली आकासिएको छ । हिजोसम्म सामान्य मूल्यमा पाइने गोलभेँडा, प्याज, आलु र हरिया तरकारीको भाउ छोइसक्नु छैन । स्याउ, केरा जस्ता फलफूलको मूल्यले पनि नयाँ रेकर्ड कायम गरिरहेका छन् ।

कुनै पनि चाडपर्वमा बजार सन्तुलित रहनका लागि आपूर्ति सञ्जाल चुस्त हुनुपर्छ । तर यो पटक उपत्यकामा दसैँको समयमा आपूर्ति सञ्जाल पूर्णरूपमा ध्वस्त भएको छ । मालवाहक ट्रकहरू बाटैमा अलपत्र पर्दा एकातिर व्यापारीहरूको लगानी डुब्ने जोखिम बढेको छ भने अर्कोतिर बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरूलाई पनि मौका मिलेको छ ।

सरकारले सडक खुलाउन र आपूर्ति सहज बनाउन प्रयास गरिरहेको बताएपनि उपत्यकाका खुद्रा बजारसम्म त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन । 

प्रकृतिको रौद्र रूप र त्यसले भत्काएको सडक सञ्जालका कारण यस वर्षको दसैँ केवल पात्रोमा मात्र सीमित हुने जोखिम बढेको छ । अस्तव्यस्त आपूर्ति सञ्जाल र महँगीको चपेटामा परेको यो चाडलाई कसरी टार्ने भन्ने ठुलो चिन्ता आम काठमाडौंवासीको घर–घरमा छाएको छ ।

 

प्रतिकृया दिनुहोस

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास  समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते

रु ३० करोडभन्दा बढी खसीको व्यापार चितवनमा

चितवन ।  बडादसैँ  पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ । मासु

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं : बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना