• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतका विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछिन् । जसमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ रहेका छन् ।

यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैबिच, आज सङ्घीय संसद्अन्तर्गतका विभिन्न चार वटा संसदीय समितिको बैठक पनि बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।ratopati

प्रतिकृया दिनुहोस

देउवा समूहद्वारा १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र: चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राई संयोजक तोकिए

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षीय समानान्तर तयारी तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै