• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धि: मन्त्रीको झुटो दाबी, अनुगमन गर्ने निकाय नेतृत्वविहीन

 

काठमाडौँ । चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ । तर, विभागीय मन्त्री भने संसद्को रोष्टममा उभिएर ’बजारमा १० प्रतिशतले मूल्य घटेको’ दाबी गर्दै भ्रम छरिरहेका छन् । सरकारी दाबी र बजारको यथार्थबिच आकाश–जमिनको फरक देखिएको छ ।

गत असोज ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद कृष्णप्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री दीपक कुमार साहले बजार अनुगमन र मूल्य नियन्त्रणमा सरकार गम्भीर रहेको दाबी गरे ।

 

 

 

संसदमा मन्त्री साहले निकै निर्धक्कका साथ भनेका थिए, ‘खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न हामीले खुद्रा व्यवसायी र वितरकहरूसँग छलफल गरी मूल्य १० देखि १५ प्रतिशत घटाउन निर्देशन दिएका थियौँ,’ मन्त्री साहले भने, ‘जसको फलस्वरूप बजारमा १० प्रतिशतले मूल्य घटेको छ ।’

 

मन्त्री साहले संसद्को रोष्टमबाटै ‘मूल्य घटेको’ दाबी गरिरहँदा नेपाल खुद्रा व्यापार सङ्घको आधिकारिक मूल्य सूचीले भने उनको भनाइलाई ठाडै गिज्याइरहेको छ । २०८३ वैशाख र असोजको खुद्रा बजार बिक्री मूल्य सूचीलाई तुलना गर्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य घट्नु त परको कुरा, उल्टै अस्वाभाविक रूपमा अकासिएको छ ।

 

तथ्यांक अनुसार विगत ६ महिनामा धनियाँ पाउडरको मूल्य प्रतिकिलोमै १२५ रुपैयाँले बढेर ४७५ रुपैयाँ पुगेको छ । त्यस्तै, चना दाल किलोमै ३० रुपैयाँले बढेर १८०, काँचो बदाम ४० रुपैयाँले बढेर २९० र काँचो तोरीको तेल लिटरमा २५ रुपैयाँले बढेर ४०० रुपैयाँ पुगेको छ ।

चामल, चिउरा, मासको दाल, रहर दालदेखि चिनी र खानेतेलसम्मका करिब दुई दर्जनभन्दा बढी अत्यावश्यक वस्तुको मूल्य वैशाखको तुलनामा असोजमा भारी मात्रामा बढेको छ। मन्त्रीले भनेजस्तो १० प्रतिशत मूल्य कहाँ र कुन वस्तुमा घट्यो ? सरकारसँग यसको कुनै जवाफ छैन । घिउ र केही सीमित वस्तु बाहेक अधिकांश खाद्यान्नमा भएको मूल्यवृद्धिले मन्त्रीको ’१० प्रतिशत मूल्य घटेको’ भनाइलाई सिधै झुट साबित गरिदिएको छ ।ratopati

प्रतिकृया दिनुहोस

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ

विदेशी मुद्राको विनिमय दर

  नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो, र युके पाउन्ड स्ट्रलिङसहित विभिन्न विदेशी मुद्राको

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस् इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।