बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन्।आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने बताए।
उनले भने–‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई–सुकाई कराएका हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्।’जेनजीको हत्या गर्ने हत्यारा आज खुलमखुला हिँडिरहेको बताउँदै उनले भने–‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको ६ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको ‘अ’ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त ? त्यसैले काम गर्नुस्।’
वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन प्रकरण, गिरीबन्ध टी स्टेट, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट घोटालालगायत ६५ वटा ठूला भ्रष्टाचारका काण्डको पनि छानबिन गर्न उनको माग थियो । sauraha online














प्रतिकृया दिनुहोस