• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

बाढी घट्यो, धुलोको बढ्यो : नारायणी किनारको स्थानीय हैरान

  भरतपुर-१ । नारायणी  मा आएको बाढी घटेसँगै नदी किनार  दियालो रोड क्षेत्रमा अहिले अत्यधिक धुलो उड्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।

बाढीका क्रममा सडक तथा आसपासका क्षेत्रमा थुप्रिएको हिलो र माटो सुक्दै गएपछि सवारीसाधनको आवतजावतसँगै ठूलो मात्रामा धुलो उड्ने गरेको स्थानीयको भनाइ छ। धुलोका कारण सडक आसपासका घरमा बसोबास गर्ने नागरिक, पैदलयात्री तथा व्यवसायीसमेत प्रभावित भएका छन्।

स्थानीयका अनुसार सडकमा उड्ने धुलो घरभित्रसम्म पस्ने गरेको छ। विशेषगरी बालबालिका,स्कुल क्षेत्र, सुस्त मनस्थितिका बाल बच्चा,ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई यसले थप असहज बनाउन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। बाढीका कारण उत्पन्न समस्या समाधानसँगै बाढीपछिको सरसफाइ र सडक व्यवस्थापनमा पनि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ। स्थानीयले दियालो रोडमा तत्काल सरसफाइ गर्न, सडकमा जमेको माटो तथा धुलो हटाउन र आवश्यकताअनुसार पानी छर्किने व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लमजुङ । ।  असोज ०६   २०८३  मङ्गलबार,क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन, असोज ५ – बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ ज्ञानुजङ्ग लामाले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा

नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्।

  काठमाडौँ । ।  असोज ०६   २०८३  मङ्गलबार,नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा