कांग्रेसको प्रदेश सभापतिमा दवाडी सहित पुरै समिति सर्वसम्मत
चितवन, ११,असोज । नेपाली कांग्रेस, चितवन प्रदेश ३ (ख) को सभापतिमा युवा नेता दीपक दवाडी सर्वसम्मत निर्वाचित भएका छन््। सभापतिमा दुई जनाको उम्मेदवारी परेकोमा अर्का उम्मेदवार सूर्य मणि पौडेलले सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिएपछि दवाडी सर्वसम्मत भएका छन्।
नेपाली कांग्रेसको विधानले प्रदेश सभापतिलाई पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहने व्यवस्था गरेको छ ।
कांग्रेस प्रदेश ३ (ख) को तेह्र सदस्यीय कार्यसमिति नै उम्मेदवारहरूबीचको सहमतिबाट सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सभापति दवाडीले जानकारी दिए । प्रदेश समितिको उपसभापतिमा जयनारायण लामिछाने, सचिवमा सुजन ढकाल तथा सहसचिवमा खडानन्द शर्मा र मञ्जु मोक्तानलगायत सिङ्गो कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

त्यसैगरी, २४ जना बागमती प्रदेश प्रतिनिधि पनि निर्विरोध निर्वाचित हुनुभएको दवाडीले बताए । नेपाली कांग्रेसको जारी क्षेत्रीय निर्वाचनका क्रममा चितवनमा प्रदेशतर्फ निर्विरोध निर्वाचित हुने यो नै पहिलो कार्यसमिति हो ।आज क्षेत्रीय समिती र महाधिवेशन प्रतिनिधिको लागि भने निर्वाचन हुदैछ ।














प्रतिकृया दिनुहोस