• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

बिहानैदेखि तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज (मङ्गलबार) बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।

 

 

 

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताइन् ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत शनिबार बिहान तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसपछि निर्धारित साइतमा स्थिरासन गराई पूजा आराधना सुरु गरिएको थियो ।

 

महाअष्टमीका अवसरमा सोमबार राति मूलचोकमा कालरात्रि पूजा गरिएको छ । उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

 

विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ । बुधबार विजयादशमीका दिन निर्धारित साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।ratopati

प्रतिकृया दिनुहोस

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास  समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते

रु ३० करोडभन्दा बढी खसीको व्यापार चितवनमा

चितवन ।  बडादसैँ  पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ । मासु

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं : बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना