चितवनबाट १० जना केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं। नेपाली कांग्रेस १५ औ महाधिवेशनमा चितवनबाट १० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।
महाधिवेशनमा चितवनबाट २ सह-महामन्त्री र १८ केन्द्रीय सदस्य गरि २० जनाको उम्मेदवारी रहेको थियो।
महाधिवेशनबाट निर्वाचित हुनेमा खुल्ला तर्फ केन्द्रीय सदस्यमा जितनारायण श्रेष्ठ र निलकण्ठ रीजाल रहेका छन् ।
खस-आर्य महिला तर्फ केन्द्रीय सदस्यमा गिता देवकोटा र देवकी गौतम निर्वाचित भएका हुन।
त्यस्तै गरि केन्द्रीय सदस्यमा आदिवासी जनजाति महिला तर्फ प्रथम हुदै गिता गुरुङ र खुल्ला तर्फ टेक प्रसाद गुरुङ र अमृत गुरुङ निर्वाचित भएका छन् ।
थारु समावेशि खुल्ला तर्फ साजन कुमार महत्तो र दलित समावेशि महिला तर्फ शान्ति परियार विश्वकर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा बागमती भुगोल तर्फ प्रथम हुदै प्रा.डा. सुर्यकान्त घिमिरे अत्यधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा नेपालि जनसम्पर्क महिला तर्फ प्रथम हुदै सिता सापकोटा घिमिरे निर्वाचित भएकी हुन।














प्रतिकृया दिनुहोस