• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लमजुङ । ।  असोज ०६   २०८३  मङ्गलबार,क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो । अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ । काम रोकिए पनि पटक पटक थपिँदै आएको छ ।

 

 

 

पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम गर्ने भन्दै पटक पटक म्याद थप्दै गए पनि अपेक्षित रूपमा प्रगति हुन सकेको छैन ।

 

अस्पताल निर्माणको काम क्रमशः रोकिँदै आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीलाई काम अघि बढाउन पटक पटक ध्यानाकर्षण गराए पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ । हालसम्म करिब रु एक करोड ८३ लाख बराबरको काम भएको उनले जानकारी दिए ।

गाउँपालिकाका सब इन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम भएको छ । त्यसपछि निर्माण रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्झौताको दुई वर्षसम्म पनि कामले अपेक्षित गति लिन सकेको थिएन । उक्त अवधिमा करिब पाँच–छ प्रतिशत मात्रै काम भएको थियो ।

सुरुमा जग खन्ने तथा जमिन सम्याउनेलगायतका काम भएको उहाँले बताउनुभयो । पटक पटक म्याद थप्दा पनि काम अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीले काममा ढिलाइ गर्दा अस्पताल निर्माणमा अपेक्षित प्रगति हुन नसकेको बताए ।

पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले सो अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । “अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ”, उनले भने ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब रु २० करोड लागत अनुमान गरेको थियो । निर्माण सम्झौता भने रु १३ करोड ३० लाखमा भएको हो ।

सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ ।ratopati

प्रतिकृया दिनुहोस

बाढी घट्यो, धुलोको बढ्यो : नारायणी किनारको स्थानीय हैरान

  भरतपुर-१ । नारायणी  मा आएको बाढी घटेसँगै नदी किनार  दियालो रोड क्षेत्रमा अहिले अत्यधिक धुलो उड्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन, असोज ५ – बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ ज्ञानुजङ्ग लामाले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा

नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्।

  काठमाडौँ । ।  असोज ०६   २०८३  मङ्गलबार,नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा