• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्।

 

काठमाडौँ । ।  असोज ०६   २०८३  मङ्गलबार,नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा विभागले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै देशभर ७ हजार एक सय ३२ जनाले आत्महत्या गरेका छन्। 

यसरी दिनहुँ २० जनाको ज्यान जाने अवस्थाले आत्महत्या रोकथामका प्रयासहरूलाई अझ बढी प्रभावकारी, लक्षित र समन्वयात्मक बनाउनुपर्ने गम्भीर आवश्यकतालाई औँल्याएको छ।

​आत्महत्याको कुनै एउटै कारण नभई व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक विषयहरूसँगै मानसिक स्वास्थ्य समस्या, विशेष गरी उदासीनता र अनावश्यक चिन्ता जोडिएका हुन्छन्।

यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले हेल्पलाइन ११६६ सञ्चालनका साथै स्थानीय स्तरसम्मै मानसिक स्वास्थ्य सेवाको विस्तार गरेको छ। विशेष गरी यस वर्ष रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकहरूमा मनोसामाजिक असर पर्न सक्ने जोखिम रहेकाले उनीहरूका लागि परामर्श र संरक्षणमा जोड दिन विभागले आग्रह गरेको छ।

​दैनिक २० जनाको अमूल्य जीवन बचाउनका लागि समाजमा रहेका गलत धारणा, लाञ्छना र भेदभाव अन्त्य गर्न अत्यावश्यक मानिएको छ। "आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ" भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा विभागले समस्यामा परेका व्यक्तिहरूको कुरा ध्यानपूर्वक सुन्न, सहानुभूतिपूर्वक व्यवहार गर्न र आवश्यक परे हेल्पलाइन वा स्वास्थ्य संस्थामा जोड्ने वातावरण बनाउन सम्पूर्ण नागरिक समाज, सञ्चारमाध्यम र समुदायलाई अपिल गरेको छ।rato pati

प्रतिकृया दिनुहोस

बाढी घट्यो, धुलोको बढ्यो : नारायणी किनारको स्थानीय हैरान

  भरतपुर-१ । नारायणी  मा आएको बाढी घटेसँगै नदी किनार  दियालो रोड क्षेत्रमा अहिले अत्यधिक धुलो उड्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लमजुङ । ।  असोज ०६   २०८३  मङ्गलबार,क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन, असोज ५ – बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ ज्ञानुजङ्ग लामाले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा