• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

चितवन । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढी तथा डुबानका कारण जनजीवन प्रभावित बनेका बेला Gen Z Chitwan का युवाहरू राहत, उद्धार तथा पुनर्स्थापनाका विभिन्न काममा सक्रिय भएका छन्। आशिष सापकोटाको नेतृत्वमा परिचालित युवाहरूले संकटका बेला समुदायसँग हातेमालो गर्दै बाढीपीडितको घाउमा मलम लगाउने प्रयास गरेका छन्।

बाढी र डुबानका कारण विभिन्न क्षेत्रमा समस्या देखिएपछि समूहका युवाहरू रातदिन प्रभावित क्षेत्रमा खटिएका थिए। उनीहरूले ट्राफिक व्यवस्थापन, प्रभावित नागरिकका लागि खाना तथा खाजा व्यवस्थापन, राहत सामग्री तयारी तथा वितरण, सरसफाइ र पुनर्स्थापनाका काममा सहयोग गरेका छन्।

बाढीको पानी पसेर प्रभावित भएका बस्ती तथा सार्वजनिक स्थलको सरसफाइसँगै विद्यालय परिसरमा जमेको हिलो तथा फोहोर हटाउन पनि टोली परिचालित भएको थियो। जनजीवनलाई सकेसम्म छिटो सामान्य अवस्थामा फर्काउन स्थानीय समुदायसँग मिलेर आवश्यक काम गरिएको समूहले जनाएको छ।

संकटका बेला सडकमा बढेको चाप र अव्यवस्था व्यवस्थापनमा समेत Gen Z Chitwan का स्वयंसेवकहरू सक्रिय देखिए। उनीहरूले सम्बन्धित निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गर्दै सवारी व्यवस्थापनमा सहयोग गरेका थिए।

विपद्को समयमा खाना तयार पार्नेदेखि पीडितसम्म पुर्‍याउने, सरसफाइ गर्ने, विद्यालयलाई पुनः सञ्चालनयोग्य बनाउन सहयोग गर्ने र समुदायको पुनर्स्थापनामा हातेमालो गर्ने उनीहरूको सक्रियताले युवाशक्ति संगठित भएर अघि बढ्दा संकटको सामना गर्न समुदायलाई महत्वपूर्ण सहयोग पुग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।sauraha

प्रतिकृया दिनुहोस

बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी

नारायणघाट : बगर बनेको नारायणी किनारमा व्यापारी फर्कन थालेका छन्। नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि शुरु हुन थालेको

२० औं विश्व अहिंसा दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

१७असोज , भरतपुर   अक्टोबर २ अर्थात् विश्व अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज, चितवन शाखाको आयोजनामा हिजो भरतपुरको चौविसकोठिमा दीप

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के सी निर्वाचित 

१३ असाेज , भरतपुर , चितवन   शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के सी निर्वाचित        शान्ति समाजका जिल्ला सभापति पूर्णचन्द्र चापागाईंको