• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

अस्ट्रेलियाका प्रधानमन्त्रीले संसद्‌मा भने– 'यो पीडा नेपालीले एक्लै बोक्नुपर्दैन'

एजेन्सी : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यस घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन्। सोमबार अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीका कारण प्रियजन, घर, गाउँ र जीविकोपार्जन गुमाएका नेपालीप्रति ऐक्यबद्धता जनाएका हुन् । नेपालले राष्ट्रिय शोक मनाइरहेका बेला नेपाली जनताले यो पीडा एक्लै बोक्नु नपर्ने उनको भनाइ थियो।

आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु । यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने । हिमनदी भत्किएर आएको बाढीले सीमाको दुवैतर्फ ठूलो क्षति पुर्‍याए पनि नेपालमा यसको प्रभाव बढी परेको उनले बताए। अझै धेरै मानिस हराएका आफन्त सकुशल भेटिने आशामा अनिश्चितताको अवस्थामा रहेको उनले उल्लेख गरे।

 

अल्बेनिजले बाढीमा ३६ जना अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता रहेको जानकारी दिँदै उनीहरूका परिवार तथा साथीहरूप्रति अस्ट्रेलियाली सरकार र जनताको साथ रहेको बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी भएको स्मरण गर्दै विपद्बाट प्रभावित सबै नेपालीप्रति अस्ट्रेलियाको तर्फबाट समवेदना व्यक्त गरेको बताए।

अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग सरकारले सहकार्य गरिरहेको जानकारी दिँदै उनले प्रभावितका लागि आशा कायम राख्न र उनीहरूको सम्झनामा प्रार्थना गर्न सबै अस्ट्रेलियालीलाई आग्रह गरेका छन् । यसअघि शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग टेलिफोन वार्ता गर्दै उनले देशले भोगेको त्रासदीप्रति समवेदना व्यक्त गरेका थिए । त्यसअघि अस्ट्रेलियाले नेपाल बाढीपीडितका लागि अहिलेसम्म कुल १ करोड १० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

मातृभूमिको पीडामा प्रवासबाट आवाज :: नेपालमा बाढीपीडितका लागि अमेरिकी सहयोगको आग्रह

 अमेरिका । प्रवासमा रहेर पनि आफ्नो मातृभूमि नेपालको सुख–दुःखमा निरन्तर चासो र सहयोगको पहल गर्दै आएका नेपाली मूलका जनक राज कँडेलले नेपालमा पछिल्लो

अपडेट राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न सुरु गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

  काठमाडौं : दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालमा हुने पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित