• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ :  देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

 

 

 

आगामी समयमा देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ।’

 

प्रतिकृया दिनुहोस

जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज, तस्बिरहरू

गोरखा। बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा साेमबार बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज

: पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले

दसैँअघि दुग्ध किसानले पाए बक्यौता रकम, यसपटक खुसीसाथ चाड मनाउँदै किसान

काठमाडौँ :  कार्तिक 3१ २०८३ शनिवार  नेपालीहरूको महान् चाड बडादसैँ घरआँगनमा भित्रिँदै गर्दा यसपटक देशभरका दुग्ध किसान विगतको तुलनामा खुसी छन् ।