२० औं विश्व अहिंसा दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
१७असोज , भरतपुर अक्टोबर २ अर्थात् विश्व अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज, चितवन शाखाको आयोजनामा हिजो भरतपुरको चौविसकोठिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ
। अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र मानव अधिकारको पक्षमा ऐक्यबद्धता जनाउँदै शान्ति समाज चितवनका सभापति जीवन के सी , केन्द्रीय सदस्य शम्भु राउत , मानवअधिकार संजाल चितवनका संयोजक दिपक लामिछाने , निवर्तमान जिल्ला सभापति पुर्णचन्द्र चापागाईं , पुर्व केन्द्रीय स
चिव बाबुहरि आचार्य , जिल्ला उपसभापति जयन्ती प्रसाद उपाध्याय , सचिव रुविसा कोइराला , कोषाध्यक्ष सुमि गौतम , सदस्यहरु केशवराज काफ्ले , राजन रेग्मी , झलक प्रसाद अधिकारी , ऋषिराम खनिया , पुर्व उपसभापति भवानी अधिकारी , पुर्व कोषाध्यक्ष तारा पौडेल , श्रीराम सापकोटा , विकास पौडेल , रमेशकान्त पौडेल , देवकान्त काफ्ले , अश्मि अधिकारी , रामचन्द्र वासतोला लगायतका सहभागीहरुले दीप प्रज्वलन गरेका थिए।














प्रतिकृया दिनुहोस