• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित शुभकामना

  युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्‍याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका छन।

योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा साेमबार शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ बाट सम्मान गरेको हो।

शर्माले आफ्नो पेसा र व्यवहारमार्फत युवापुस्तालाई सकारात्मक, सिर्जनशील तथा समाजप्रति उत्तरदायी बनाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको योङ्ग–नेपालका संस्थापक अध्यक्ष विवेक पोख्रेलले जानकारी दिए। भरतपुर १३, बह्मपुरी निवासी शर्मामा लेखापरीक्षक क्षेत्रसँगै शैक्षिक र सामाजिक क्षेत्रमा पनि सकृय छन ।

‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान’ युवा पुस्तामा सकारात्मक योगदान पुर्‍याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो। स्व. जयन्त आचार्य योङ्ग–नेपालका संस्थापक सदस्य थिए। यस्तै, योङ्ग–नेपालको ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले रेश्म तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा सन्दिपा अधिकारी, सचिवमा अश्विन धिताल, कोषाध्यक्षमा निशा न्यौपाने तथा सदस्यमा संकल्प दवाडी, दर्पण अधिकारी, भावना सापकोटा र एन्जल ढुंगना चयन भएका छन्।

प्रतिकृया दिनुहोस

हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका

ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन

  जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता

रहेनन् गुज्नगर हाटबजारका अध्यक्ष गुरुङ

  गुञ्जनगर,४ असोज । भरतपुर १८ मा रहेको गुञ्जनगर कृषि हाटबजार एवं रुखेनी डिपटुयुवेलका अध्यक्ष पूर्ण वहादुर गुरुङ को निधन भएको छ । । बिगत १ वर्षदेखि