• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

रहेनन् गुज्नगर हाटबजारका अध्यक्ष गुरुङ

  गुञ्जनगर,४ असोज । भरतपुर १८ मा रहेको गुञ्जनगर कृषि हाटबजार एवं रुखेनी डिपटुयुवेलका अध्यक्ष पूर्ण वहादुर गुरुङ को निधन भएको छ ।

। बिगत १ वर्षदेखि अर्वुद्ध रोगका कारण विरामी उनको ७९ वर्षको उमेरमा शनिवार भरतपुर १८ भिमेश्वर टोल स्थित निवासमा निधन भएको हो ।

नेपाली सेनाका रिटार्यड हवल्दार समेत रहेका उनी भिमेश्वर टोल विकास सस्थाका पूर्व अध्यक्ष समेत हुन् । नेपाली कांग्रेसको सकृय सदस्य समेत रहेका उनी धेरै सामाजिक संघसस्थामा आवद्ध रहेका थिए । उनको पार्थिव शरिरमा निवासमा काग्रेसको ४ तारे झन्डा समेत ओढाइएको थियो ।

कांग्रेस भरतपुर १८को आयोजनामा भएको श्रद्धान्जली अर्पण कार्यक्रममा भरतपुर १८ को पूर्व वडा अध्यक्ष दिपक लामा , कांग्रेस चितवनका जिल्ला सदस्यहरु अमर बहादुर तमागं , ज्योसना अधिकारी , वडा सभापति रामकृष्ण पन्डित ,जेष्ठनागरिक संघका अध्यक्ष हरि प्रसाद न्यौपानेलगायतका नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।

उनको निधनप्रति स्थानीय तथा राजनीतिक क्षेत्रले गहिरो दुःख व्यक्त गरेका छन्। उनको श्रीमती , २ छोरा र १ छोरी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित शुभकामना

  युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्‍याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका

हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका

ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन

  जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता