• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

प्रधानमन्त्री संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि त्यसैअनुसारको तयारी भएको छ । यद्यपि प्रधानमन्त्री कहिले त्यसतर्फ जाने त्यसबारे उनले केही खुलाउन चाहेनन् । 

 

 

 

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा जाने तय भएको थियो । 

 

प्रधानमन्त्री बालेनले नेतृत्व गर्ने नेपाली टोलीमा परराष्ट्रमन्त्री खनाल पनि सहभागी हुने ती अधिकारीले जानकारी दिए । तर सरकारको आधिकारिक निर्णय नआइसकेको उनको भनाइ थियो ।

 

जलवायु परिवर्तनका कारण देशमा आएको विनाशकारी बाढीबारे प्रधानमन्त्री शाहले त्यहाँ आफ्नो धारणा राख्ने बुझिएको छ । यस्तो विपत्तिको बेला यूएनजस्तो सभालाई नेपालले प्रयोग गर्नुपर्ने दबाब आउन थालेपछि प्रधानमन्त्री शाह महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन् । 

 

प्रतिकृया दिनुहोस

मातृभूमिको पीडामा प्रवासबाट आवाज :: नेपालमा बाढीपीडितका लागि अमेरिकी सहयोगको आग्रह

 अमेरिका । प्रवासमा रहेर पनि आफ्नो मातृभूमि नेपालको सुख–दुःखमा निरन्तर चासो र सहयोगको पहल गर्दै आएका नेपाली मूलका जनक राज कँडेलले नेपालमा पछिल्लो

अपडेट राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न सुरु गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान

अस्ट्रेलियाका प्रधानमन्त्रीले संसद्‌मा भने– 'यो पीडा नेपालीले एक्लै बोक्नुपर्दैन'

एजेन्सी : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यस घडीमा नेपाली जनताको