• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

सस्मित पोखरेलको पहलमा शिक्षकका लागि एआई लिट्रेसी तालिम सुरु

काठमाडौं ,असार २३-

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन सेल्फ–लर्निङ मा आधारित उक्त तालिम एडिबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिने जनाइएको छ । तालिममार्फत शिक्षकहरूलाई कृत्रि

कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडिबीले करिब पाँच दशकदेखि पुयाउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एडिबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडिबीले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ । नारायणी अनलाइन

 

प्रतिकृया दिनुहोस

इनर ह्वील क्लबद्वारा श्री आधारभूत विद्यालयलाई शैक्षिक सामग्री र कार्पेट सहयोग

    भरतपुर १६, । इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण

  कृषि स्नातकोत्तरका विद्यार्थीलाई भिडियोग्राफी तालिम

    १३ साउन, चितवन । ग्राउन्डस्वेल इन्टरनेसनलले आफ्ना साझेदार संस्था ग्रामीण नारी उत्थान संघ र बीबीपी परिवारसँगको सहकार्यमा युवा कथाकार

अमेरिकाले फेर्‍यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने

काठमाडौँ। अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ।  अमेरिकी गृह सुरक्षा विभाग